बुटवल । लुम्बिनी प्रदेशका कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । केसी लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता हुन् ।
एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । केन्द्रीय राजनीतिमा गठबन्धन गरेका दलहरुबीच प्रदेशमा समेत गठबन्धन भएपछि केसी मुख्यमन्त्री बन्न सफल भएका हुन् ।