काठमाडौं । आफ्नो ब्राण्डको बाइक किन्ने उपभोक्तालाई बेनेलीले आकर्षक अफर ल्याएको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा. लि.ले बेनेलीको ७५२एस मोडलको पहिलो ३ वटा बाइक किन्नेलाई १ लाख १० हजार रुपैयाँको आकर्षक छुट प्रदान गर्न लागेको हो ।
बेनेली इटालीयन ब्राण्डको प्रख्यात मोटरसाइकल कम्पनी हो । आफ्नो आफ्नो ११०औं वार्षिकोत्सवको अवसरका अवसरमा नेपालमा यो छुट सुविधा दिन लगिएको हो ।
केटीएम इन्टरनेशनलले नेपालमा सन् २०१६ देखि बेनेली मोडेलका मोटरसाइकलको बिक्री गर्दै आएको छ । बेनेली मोटरसाइकलले राम्रो माइलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जा सजिलै उपलब्ध गराउँदै आएको छ ।
७५२ एस भने २०७७ साल चैत्रमा उद्घाटन भएको थियो । यो मोडेलका बाइकहरु गतिशील, ठोस, तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाइनको रहेकोले यो मोडेल धेरैको रोजाइ विश्वास कम्पनीको छ । यसको बलियो ट्युब, फ्रेम, र स्टिलको प्लेटको आकार दिएको छ ।
अहिले दिइएको छुट बेनेलीको सबै डिलरहरुबाट लिन सकिने जनाइएको छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध छ ।



