images
images

आयात र निर्यात दुवै घट्यो, व्यापार घाटा साढे ४ खर्ब नाघ्यो


  • 477
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    आयात र निर्यात दुवै घट्यो, व्यापार घाटा साढे ४ खर्ब नाघ्यो

    काठमाडौं । चालु आर्थिक बर्षको २०८०/८१ को कात्तिकमा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार कात्तिकमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको आयाता भएको छ भने ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात ३.७९ प्रतिशत र निर्यात ७.६८ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा आयात ५ खर्ब ३२ अर्ब रुपैयाँ भएको थियो भने ५४ अर्ब ७७ करोड बराबरको निर्यात गरेको थियो । 

    आयात र निर्यातसँगै व्यापार घाटामा समेत गिरावट आएको छ । विभागका अनुसार व्यापार घाटा ३.३४  प्रतिशतले घटेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को कात्तिकमा ४ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ भने गत बर्षको सोही अवधिमा ४ खर्ब ७७ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो । 

    यस अवधिमा आयात निर्यात अनुपात ४.२२ प्रतिशतले बढेको छ ।  

     


    images
    images

    Logo