images
images

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सर्वाधिक आयकर तिर्नेमा टेलिकम


  • 619
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सर्वाधिक आयकर तिर्नेमा टेलिकम

    काडमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा आज आयोजित एक कार्यक्रमबीच गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरिएको हो।

    आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गरेका हुन्। राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

    यसैगरी सर्वाधिक कर तिर्नेमा विषेश उद्योगतर्फ एसियन पेन्ट्स, कृषि एवं पशुजन्यतर्फ ओबीसी फुड्स, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थातर्फ ग्लोबल आईएमई, बीमा तर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल , स्वास्थ तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटनतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई लिमिटेड र व्यक्तिगत आयतर्फ विजयकुमार शाह छन्।

    आयकर, मुअकर सहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत)तर्फ सूर्य नेपाल प्रालि सम्मानि भएको छ।


    images
    images

    Logo