काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विहीबार अथात् भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानहरूमा मंसिर ७ गते प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न भनेको हो।
काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानहरूमा मंसिर ७ गते प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न भनेको हो।
नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्। सो प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा असर पर्ने भन्दै कार्यालय सूचना जारी गरेको हो।
ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन पनि अनुरोध गरेको छ । त्यस्तै सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।




