काठमाडौं । धौलागिरि लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को मंसिर ५ गतेको निर्णय अनुसार सो लघुवित्तको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
लघुवित्तले गत आर्थिक बर्ष २०७९/८० को लाभांश सम्वन्धी सुचना ढिला गरी पठाएको भन्र्दै नेप्सेले गत कात्तिक २४ गते गतेको निर्णयबाट धौलागिरी लघुवित्तको शेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।
नेप्सेले लघुवित्तलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा सो कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।
लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । प्रास्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरी शेयरधनीहरुलाई वितरण गर्नेछ।




