काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) २३.८२ अंकले घटेर १ हजार ८ सय २९ दशमलव ६५ विन्दुमा पुगेको छ । आज २ सय ८५ स्क्रिपको ९५ करोड ४ लाख रुपैयाँ बराबरको ३६ लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार १ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका ३१ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय १ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । यस दिन कारोबारमा आएका १३ उपसमूह म्युचुअल फण्ड बाहेक १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार मेच्छियाम हाइड्रोपावरको ८.१३ प्रतिशतले बढेको छ । बिपीडब्लु लघुवित्तको ७.४६ प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ का इकाईधनीले ६ प्रतिशत



