images
images

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको १ अर्ब ४१ करोड निकासा


  • 437
    SHARES
  • २०८० मंसिर ४ गते सोमबार

    भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको १ अर्ब ४१ करोड निकासा

    काठमाडौं । भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको १ अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको हो । 

    सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम सोमबार  निकासा भएको हो । जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड गरी जम्मा १ अर्ब ४१ करोड रुपैयाँ निकासा भएको हो ।

    त्यो रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।

    भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने छन् । अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ । गत कात्तिक १७ गतेको भूकम्पले जाजरकोटलगायत जिल्लामा जनधनको क्षति भएको थियो।

    400453533_138858.jpg

     


    images
    images

    Logo