images
images

तिहार पछिको पहिलो कारोबार दिन सामान्य अंकले बढ्योे नेप्से, कारोबार रकम १ अर्बमार्थि


  • 359
    SHARES
  • २०८० मंसिर ४ गते सोमबार

    तिहार पछिको पहिलो कारोबार दिन सामान्य अंकले बढ्योे नेप्से, कारोबार रकम १ अर्बमार्थि

    काठमाडौं ।  तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात तिहार अघिको अन्तिम कारोबार दिन साढे ११ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ं.३९ अंकले बढेर १ हजार ८ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको छ । 

    सोमबार २ सय ८४ स्क्रिपको १ अर्ब ९ करोड रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता शेयर किनबेच भएको छ । आज १ सय १९ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय १३ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको ६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सोमबार ग्लोबल आइएमई लघुवित्तको ९.९८ प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको ९.९६ प्रतिशतले बढेको छ ।  लामो समयदेखि अंकित मूल्यभन्दा तल रहेको समाज लघुवित्तको शेयरमूल्य यस दिन ८ प्रतिशत बढेर १०४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

     


    images
    images

    Logo