काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आज मंसिर ४ गतेदेखि प्रिमियममा आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियम वापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मात्रै आइपीओ निष्काशन मिति तोकेको हो । अब यसपछि सर्वसाधारणका लागि बिक्री मिति तय गर्नेछ ।
उक्त आइपीओमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ । उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कार्तिक २१ गतेदेखि मंसिर ५ गते बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।



