images
images

भुकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड रुपैयाँ जम्मा


  • 370
    SHARES
  • २०८० मंसिर ३ गते आइतबार

    भुकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड रुपैयाँ जम्मा

    काठमाडौं । सरकारले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भकम्पमा उद्धार, राहत र पुनस्र्थापनाका लागि १५ करोड बढी आर्थिक सहयोग प्राप्त गरेको छ । मसिंर १ गतेसम्ममा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदले विहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पले ठुलो धनजनको क्षति भएको थियो ।  

    त्यसबेला भूकम्पबाट प्रभावितहरूलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि धेरैले सहयोग रकम घोषणा गरेका थिए । सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

    उक्त कोषमा मिनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार सहयोग गरेका थिए । बुद्ध एयरमार्फत १ करोड, राष्ट्रिय वाणिज्य बैंकमार्फत १करोड, ग्लोबल आईएमई बैंकमार्फत १ करोड, सूर्य नेपाल प्रालिमार्फत १ करोड, गोर्खा ब्रुअरीमार्फत १ करोड, र क्यान सेन्ट्रल पेमेन्टमार्फत १ करोड सहयोग प्राप्त भएको थियो । त्यस्तै कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् ।


    images
    images

    Logo