images
images

सांसद विकास कोषको सबै बजेट ‘रकमान्तर’, भुकम्पपीडितका लागि खर्चिने


  • 423
    SHARES
  • २०८० कार्तिक २७ गते सोमबार

    सांसद विकास कोषको सबै बजेट ‘रकमान्तर’, भुकम्पपीडितका लागि खर्चिने

    काठमाडौं । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ रकमान्तर गरिने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले १६५ निर्जाचन क्षेत्रमा ६ करोडका दरले छुट्याइएको उक्त रकम जाजरकोट भूकम्पबाट पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको हो । 

    यो रकममा १ अर्ब ७५ करोड रुपैयाँ थपेर विपद व्यवस्थापनका लागि १० अर्ब उपलब्ध गराउने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । अहिले निर्वाचन क्षेत्रमा छुट्याइएको उक्त बजेट खारेजीको माग गर्दै दायर मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । सर्वोच्चले उक्त बजेट कार्यान्वयन नगर्न आदेश दिइसकेको छ । 


    images
    images

    Logo