काठमाडौँ । काठमाडौँ उपत्यकामा रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय बैठकले त्यस्तो निर्णय गरेको हो ।
यसअघि रातको १ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिने निर्णय गरिएको थियो । अब भक्तपुर र ललितपुरमा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको छ ।
यद्यपि उपत्यकामा पटका पड्काउन भने निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।