images
images

कस्तो रह्यो यो साताको सेयर बजार ?


  • 430
    SHARES
  • २०८० कार्तिक २५ गते शनिबार

    कस्तो रह्यो यो साताको सेयर बजार ?

    काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस साता ४.३८ अंक बढेर १ हजार ८ सय ५२ दशमलव ०८ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से उकालो लागेको थियो भने दुई कारोबार दिन ओरालो लागेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो भने बाँकी ३ कारोबार दिन बढेको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६ अर्ब बढेर २८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

    त्यस्तै, आइतबार २१.४६ अंकले घटेर १ हजार ८ सय २६ दशमलव २३ विन्दुमा झरेको थियो । सो दिन ९० करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । साताको दोस्रो दिन सोमबार भने शेयर बजार केही बढेर बन्द भएको थियो । सोमबार २१.३० अंकले बढेर १ हजार ८ सय ४७ दशमलव ५४ विन्दुमा पुगेको थियो । सो दिन ८८ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 
     
    यसैगरी, मंगलबार ११.२२ अंकले बढेर १ हजार ८ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको थियो । सो दिन  ८९ करोड  २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार ५.१७ अंकले बढेर १ हजार ८ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको थियो । सो दिन ६८ करोड १५ लाख रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । साताको अन्तिम दिन विहीबार ११.८५ अंकले घटेर १ हजार ८ सय ५२ दशमलव ८ विन्दुमा पुगेको थियो । सो दिन ८१ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस साता सर्वाधिक ०.८६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २९.६२ अंक घटेको छ।

    यस साता एक कम्पनीको १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको हो। अहिले सूचीकृत कम्पनीहरुको प्रथम त्रैमासको रिपोर्ट आइरहेको छ । लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयरधनी बन्नेले निकै छोटो समयमा लाभांश हात पार्न सक्नेछन् । त्यसो त लामो समयदेखि बजार घट्दोक्रममा नै रहेको छ । 

     

     

     

     


    images
    images

    Logo