images
images

तिहार र छठको सार्वजनिक विदामा आयल निगमको पम्म आलोपालो खुल्ने


  • 437
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    तिहार र छठको सार्वजनिक विदामा आयल निगमको पम्म आलोपालो खुल्ने

    काठमाडौं । तिहार र छठको सार्वजनिक विदामा नेपाल आयल निगमको पम्प आलोपालो खुल्ने भएको छ । निगमले आज एक सुचना जारी गर्दै उपभोक्ताहरुको हितलाई ध्यानमा राखि सार्वजनिक बिदाको दिनहरुमा समेत पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताको आधारमा निगमका डिपो तथा कार्यालयहरु खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने जनाएको छ ।

    निगमका अनुसार विराटनगरस्थित कोशी प्रादेशिक कार्यालय कात्तिक २७ र ३० गते खुला रहनेछ। यस्तै, अमलेखगञ्‍जस्थित मधेश प्रादेशिक कार्यालय कात्तिक २५ र २६ र ३० गते सञ्‍चालनमा रहनेछ।

    यसैगरी, वाग्मती प्रादेशिक कार्यालय, थानकोट कात्तिक २६, २७ र २८ तथा मंसिर २ गते पनि खुला रहने निगमले जनाएको छ। पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय कात्तिक २६ र २७ गते सञ्‍चालनमा रहनेछ।

    त्यस्तै, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय कात्तिक २७ र ३० गते, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय कात्तिक २५ गते र धनगढीस्थित सुदूरपश्‍चिम प्रादेशिक कार्यालय कात्तिक २७ गते खुला रहनेछ।

    त्यसैगरी, चारआलीस्थित शाखा कार्यालय कात्तिक २६ र ३० तथा मंसिर ४ गते, धनुषास्थित इन्धन डिपो कात्तिक २८ र ३० गते, नेपालगञ्‍जस्थित इन्धन डिपो कात्तिक २७ गते र वीरगंजस्थित शाखा कार्यालय कात्तिक २५, २६ र ३० गते सञ्‍चालनमा रहने निगमले जानकारी दिएको छ।

    NOC-Tihar-Chhath-684x1024.jpg

     

     


    images
    images

    Logo