images
images

धौलागिरी लघुवित्तको शेयर कारोबार रोक्का 


  • 440
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    धौलागिरी लघुवित्तको शेयर कारोबार रोक्का 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्पष्टीकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज लाभांश घोषणा गरेको कम्पनीलाई स्पष्टीकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट लाभांश घोषणा गर्ने निर्णय कात्तिक २२ गते गरेकोमा उक्त निर्णय नेप्सेलाई कात्तिक २३ गते बेलुका ६ः४५ बजे पठाएको थियो । धितोपत्र सूचिकरण नियमावली अनुसार धितोपत्र मुल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धीत सूचिकरण संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकाले उक्त नियमावली व्यवस्था पालनमा नगरेको भन्दै नेप्सेले कम्पनीलाई ३ दिन भित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।

    कम्पनीको सञ्चालक समितिको गत कात्तिक २२ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूजी १५ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

     


    images
    images

    Logo