काठमाडौं । दुई कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा अपि पावर र मल्टीपर्पस फाइनान्स रहेका छन् ।
अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ भने मल्टीपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
मल्टीपर्पस फाइनान्सले गत भदौ १० गते देखि ३१ गते सम्म निष्कासन गरेको ३५ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । अपि पावर कम्पनीले साउन ३१ गते देखि भदौ १९ गते सम्म निष्कासन गरेको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।
यी दुबै कम्पनीको हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।