images
images

उन्नति सहकार्य लघुवित्तको एफपीओमा हालसम्म कतिले दिए आवेदन ? 


  • 481
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    उन्नति सहकार्य लघुवित्तको एफपीओमा हालसम्म कतिले दिए आवेदन ? 

    काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा साढे ८ लाख बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात कात्तिक २३ गते साँझ ५ः०७ बजेसम्म ८ लाख ७१ हजार ३८४ जनाले ९७ करोड ४९ लाख ९१ हजार रुपैयाँ बराबरको ९७ लाख ४९ हजार ९१० कित्ताका लागि आवेदन दिएका हुन् ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको हो । साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

    लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गरेको हो । सो शेयरका लागि लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo