images
images

अब १० दिनपछि मात्रै शेयर कारोबार खुल्ने


  • 575
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    अब १० दिनपछि मात्रै शेयर कारोबार खुल्ने

    काठमाडौं । आज तिहारअघिको अन्तिम शेयर कारोबार दिन रहेको छ। आइतबारदेखि तिहार विदा रहेकाले शेयर खरिद बिक्री गर्ने बिहीबार अन्तिम दिन हो। आजको कारोबारपछि नेप्से एकैपटक १० दिन पछि खुल्ने छ। बिहीबार साताको अन्तिम कारोबार दिन हो ।  अब मंसिर ४ गते सोमबार मात्रै शेयर कारोबार हुने छ। 

    तिहार विदा कात्तिक ३० गतेसम्म छ भने मंसिर १ गते शुक्रबार रहेकोले शेयर कारोबार हुँदैन। ३ गते छठ पर्वको विदा छ भने ४ गतेदेखि मात्रै शेयर बजार खुला हुने भएकाे छ । उक्त बिदाको अवधिमा नेप्सेमा कुनै पनि कारोबार हुने छैन । 

     


    images
    images

    Logo