images
images

तिहार अघिको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकम ८३ करोडमाथि


  • 286
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    तिहार अघिको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकम ८३ करोडमाथि

    काठमाडौं । तिहार अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला तीन कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

    साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८५ अंकले बढेर १ हजार ८ सय ५२ दशमलव ८ विन्दुमा पुगेको छ । 

    विहीबार २ सय ८२ स्क्रिपको ८३ करोड ६० लाख रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घटेपनि कारोबार रकम भने केही बढेको छ । बुधबार ७२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज कारोबारमा आएका ५७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७५ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    विहीबार सबैभन्दा धेरै सोनापु मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
    त्यस्तै, सोल्टी होटल्सको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सयपत्री हाइड्रोपावरको ६.९६ प्रतिशतले बढेको छ ।  सनराइज ब्लुचिप फण्डको ५.९५ प्रतिशतले बढेको छ भने ओरिएण्टल होटल्सको ४.०३ प्रतिशतले बढेको छ । 

     

     

     


    images
    images

    Logo