काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको १ करोड कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको ३० लाख कित्ता अथात् ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको ७० लाख कित्ता अथात् ७० प्रतिशत समेत गरी १ करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम ९६ रुपैयाँ १४ पैसा र अधिकतम २ सय ८८ रुपैयाँ ४२ सम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।