images
images

उन्नति सहकार्य लघुवित्तको एफपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?


  • 484
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    उन्नति सहकार्य लघुवित्तको एफपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

    काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा दोस्रो दिन ३९.६० गुणा बढी शेयर माग भएको छ । उन्नति सहकार्य लघुवित्तले मंगलबारदेखि निष्काशन गरेको एफपीओ खरिदका लागि ६ लाख २६ हजार १५७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज बुधबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा उन्नति सहकार्य लघुवित्तको एफपीओमा ७० लाख ६६ हजार ५६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

    यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक २१ गतेदेखि १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ जारी गरेको हो ।

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यसको निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड रहेको छ । 


    images
    images

    Logo