काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ। गत सोमबारदेखि उकालो लाग्न थालेको नेप्सेले, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१७ अंकले बढेर १ हजार ८ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका २ सय ८८ स्क्रिपको ७८ करोड २७ लाख रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेर बन्द भएको छ । मंगलबार ९९ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार १ सय २४ कम्पनीको शेयर मुल्य बढेको छ । ९३ कम्पनीको शेयर मुल्य घटेको छ भने २२ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक यस दिन स्थिर रहेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन बैंकको ५ करोड २३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ६० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।
बुधबार ग्लोबल आइएमई लघुवित्तको ८.०७ प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावरको ७.४० प्रतिशतले बढेको छ भने नेपाल एसबिआई बैंकको ७.३२ प्रतिशतले बढेको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६।३८ प्रतिशत घटेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ भने एनआईसी एशिया ग्रोथ फण्ड र इमर्जिङ्ग नेपालको मूल्य करिब ५ प्रतिशत घटेको छ।



