काठमाडौं । उन्नति सहकार्य लघुवित्तले ३२ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा मंगलबार साँझसम्ममा २ लाख ८३ हजार ३ सय ४४ जना आवेदकहरुले ३२ लाख ३३ हजार २ सय ८० कित्ताका लागि आवेदन दिएका हुन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन १८.११ गुणा बढी हो ।
यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आज (कात्तिक २१ गते) देखि १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ जारी गरेको हो ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यसको निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड रहेको छ ।



