images
images

आधा दर्जन सचिवको सरुवा, को कहाँ पुगे ?


  • 489
    SHARES
  • २०७८ श्रावण २५ गते सोमबार

    आधा दर्जन सचिवको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आधा दर्जन सचिवहरूको सरुवा गरेको हो ।

    सरकारले भूमि व्यवस्था मन्त्रालयमा कार्यरत टेकनारायण पाण्डेलाई गृह मन्त्रालयको सचिवमा ल्याएको छ । रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

    शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत बैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् । प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको छ ।

    त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको हो ।

    यस्तै सरकारले सबै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको जानकारी दिए ।

    कृषि तथा वन सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदका गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छि विकास मन्त्रालयमा पदस्थापन गरिएको छ । 


    images
    images

    Logo