images
images

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ९९ करोड ६५ लाख रुपैयाँ


  • 443
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ९९ करोड ६५ लाख रुपैयाँ

    काठमाडौं । मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अथात् सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

    यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२२ अंकले बढेर १ हजार ८ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको छ । मंगलबार कारोबारमा आएका २ सय ८५ स्क्रिपको ९९ करोड ६५ लाख रुपैयाँ बराबरको ४३ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ९३ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०।१८ प्रतिशत घटेको हो।

    मंगलबार १ सय ४४ कम्पनीको शेयर मूल्य बढेको छ । ८३ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको हेयर मुल्य स्थिर छ ।  

    आज सबैभन्दा धेरै हिमालयन बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ९ करोड १६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार लक्ष्मी लघुवित्तको ८.१६ प्रतिशतले बढेको छ । सोनापुर मिनरल्स एण्ड आयलको ५.२८ प्रतिशतले बढेको छ भने सिटिजन लाइफ इस्योरेन्सको ५.०३ प्रतिशतले बढेको छ । 

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.१८ प्रतिशत घटेको हो।


    images
    images

    Logo