images
images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले घोषणा गर्यो लाभांश 


  • 1.0K
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले घोषणा गर्यो लाभांश 

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २० गते सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ दशलमव २१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैंया नगद लाभांश (लाभांश कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।


    images
    images

    Logo