images
images

आज अन्तिम दिनसम्म भिजन लुम्बिनी उर्जाको आइपीओमा कतिले दिए आवेदन ?


  • 562
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    आज अन्तिम दिनसम्म भिजन लुम्बिनी उर्जाको आइपीओमा कतिले दिए आवेदन ?

    काठमाडौं । आज अन्तिम दिन भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओमा ११ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज साझ ५ बजेर ७ मिनेटसम्ममा उक्त आइपीओमा ११ लाख ९४ हजार ८२० जनाले १ करोड ३५ लाख ७६ हजार १६० कित्तका लागि आवेदन दिएका हुन् ।

    कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात अहिले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

    आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

    कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo