काठमाडौं । लगातार ४ दिन घटेको बजारमा आज सोमबार ब्रेक लागेको छ । गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, सोमबार बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनमा ५२.४४ अंक घटेको नेप्से, यस दिन २१.३० अंकभन्दा बढी बढेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सो अंकले बढदा १ हजार ८ सय ४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।सोमबार २ सय ८३ स्क्रिपको ९३ करोड ८९ लाख रुपैयाँ बराबरको ३५ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कोबार भएको थियो ।
सोमबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज १ सय ९९ कम्पनीको शेयर मूल्य बढेको छ । ३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै सोल्टी होटल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार हाथवे इन्भेष्टमेन्टको ९.९८ प्रतिशतले बढेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९३ प्रतिशतले बढेको छ भने आशा लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।



