images
images

हिमालयन रि–इस्योरेन्सको आईपीओ निष्काशनको मिति परिवर्तन


  • 362
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    हिमालयन रि–इस्योरेन्सको आईपीओ निष्काशनको मिति परिवर्तन

    काठमाडौं । हिमालयन रि इस्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि निष्काशन तथा विक्री खुल्ला गर्ने भनिएको आईपीओकाे निष्काशनको मिति परिवर्तन भएको छ । कम्पनीले मसिंर ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हाे । 

    कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई कार्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने जनाएको थियो। तर त्यस समयमा तिहार पर्ने भएकोले आम लगानीकर्ताको सहजताको लागि भन्दै कम्पनीले तिहार सकिएपछि मात्र आईपीओ निष्काशन गर्ने भएको  कम्पनीले जनाएकाे छ ।

    कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।।

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अब मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

     

     


    images
    images

    Logo