काठमाडौं । कृषि विभागका महानिर्देशक गोविन्दप्रसाद शर्मा सचिवमा बढुवा भएका छन् । सचिव बढुवा समितिको सिफारिसमा मन्त्रिपरिषद्ले शर्मालाई सचिवमा बढुवा गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । बढुवासँगै शर्मालाई कृषि मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ ।