images
images

निरन्तर चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम ९७ करोडमाथि


  • 287
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    निरन्तर चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम ९७ करोडमाथि

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको मंगलबारदेखि ओरालो लागिरहेको नेप्सेले यस पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४६ घटेर १ हजार ८ सय २६ दशमलव २३ विन्दुमा पुगेको छ । आइतबार २ सय ८९ स्क्रिपको ९७ करोड २३ लाख रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । गत विहीबार ९६ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.११ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आइतबार कारोबारमा आएका ३५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९७ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै नविल बैंकको संस्थापक शेयर किनबेच भएको छ । आज नविल बैंकको ४ करोड ६० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार एनआइसी एशिया लघुवित्तको ६.९७ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने माया खोला हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। 


    images
    images

    Logo