images
images

सरकारी कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत


  • 3.2K
    SHARES
  • २०७८ श्रावण २५ गते सोमबार

    सरकारी कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत

    काठमाडौं । सरकारले कर्मचारीहरुकाे नयाँ तलबमान स्वीकृत गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त तलबसम्बन्धी व्यवस्था स्वीकृत गरेकाे हो । 

    बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादूर कार्कीले ०७८ साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि तलबमान स्वीकृत गरेको जानकारी दिए । 

    आजको बैठकले आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली, २०७८ छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, माथिल्लो त्रिशूली ए जलविद्युत् आयोजनाको जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुुर बोगटीलाई अधिकारी तोकेको छ । 

    परराष्ट्र सेवा राजपत्रांकृत द्वितीय सेवाका उपसचिवहरू सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीको बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । सैनिक सेवा चौथो संशोधन नियमावली, २०७८ छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय बैठकमा गरिएको छ । 

    सहसचिव गोविन्दप्रसाद शर्माको बढुवा गरी कृषि मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । 


    images
    images

    Logo