images
images

भिजन लुम्बिनी उर्जाको आईपीओमा कति पर्यो आवेदन ?


  • 451
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    भिजन लुम्बिनी उर्जाको आईपीओमा कति पर्यो आवेदन ?

    काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा ५९ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार शुक्रबारसम्ममा कुल ४ लाख ८२ हजार ७ सय १७ जना आवेदकहरुले ५९ लाख २९ हजार ४ सय कित्ताका लागि आवेदन दिएका हन् ।

    कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९ सय १० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २ सय ८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न गरेको हो । शेयरको मुल्य प्रति कित्ता १ सय रुपैयाँ रहेको छ ।

    उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा कात्तिक २० गते हुनेछ भने ढिलोमा मंसिर १ गते हुनेछ। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

     


    images
    images

    Logo