images
images

कुलमान घिसिङको नियुक्ति प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत हुँदै, के होला निर्णय ? 


  • 771
    SHARES
  • २०७८ श्रावण २५ गते सोमबार

    कुलमान घिसिङको नियुक्ति प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत हुँदै, के होला निर्णय ? 

    काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरिने भएको छ । सोमबार बस्ने बैठकमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न लागेकी हुन् । 


    हाल प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक छन् । उनको कार्यकाल ६ महिना मात्रै बितेको छ । कार्यकारी निर्देशकको कार्यकाल ३ वर्ष ६ महिना बाँकी रहँदै कुलमानलाई नियुक्ति गर्न प्रस्ताव गरिएको हो । 


    सरकारले शाक्यलाई राजीनामा गर्न भने पनि अहिलेसम्म उनले राजीनामा गरेका छैनन् । कानूनी रुपमा नियुक्त भएका शाक्यको राजीनामाबिनै नयाँ कार्यकारी नियुक्ति गर्दा कानूनी जटिलता हुने देखिए पनि मन्त्रालयले यो प्रस्ताव अघि बढाउन लागेको हो । 


    images
    images

    Logo