images
images

बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट


  • 452
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्न अनुमति पाएको छ। धितोपत्र बोर्डले सर्वोत्तमलाई बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासनको अनुमति दिएको हो। 

    बोर्डले सर्वोत्तमलाई प्रतिकित्ता ४ सय १ रूपैयाँका दरले निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।

    सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो ।

    सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्कासन गर्नेछ ।

    सर्वोत्तम सिमेन्टको सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

     


    images
    images

    Logo