images
images

निरन्तर तेस्रो कारोबार दिन पनि ओरालो लाग्यो नेप्से, कारोबार रकम भने बढ्यो  


  • 311
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    निरन्तर तेस्रो कारोबार दिन पनि ओरालो लाग्यो नेप्से, कारोबार रकम भने बढ्यो  

    काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको छ। मंगलबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८६ अंकले घटेर १ हजार ८ सय ४७ दशमलव ७० विन्दुमा झरेको छ । विहीबार २ सय ८१ स्क्रिपको ९६ करोड ४४ लाख रुपैयाँ बराबरको ३७ लाख ४९ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार ४० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९० कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।  

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.२७ प्रतिशत बढेको हो। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर किनबेच भएको छ । आज कम्पनीको १० करोड १० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको ६ करोड ४५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    विहीबार चन्द्रगिरी हिल्सको ६.०४ प्रतिशतले बढेको छ । हिमालयन लघुवित्तको ५ प्रतिशतले बढेको छ भने एनआइबिएल प्रगति फण्डको ४.९६ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo