images
images

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 


  • 580
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 

    काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्ट आज मध्यान्ह १ बजे आईपीओ बाँडफाँड गरेको हो ।

    क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ३४ हजार ९ सय १७ जनाको आवेदन परेको छ । जस मध्ये २३ सय ८१ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ११ लाख ३१ हजार ९ सय ३६ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । 

    जस अनुसार ८५ हजार ९ सय ३० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि लगानीकर्ता भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

    कम्पनीले असोज २३ गते देखि २६ गते सम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आइपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

    कम्पनीले यस अघि नै  आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । 


    images
    images

    Logo