काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज २९ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ। कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।