images
images

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, ६ जनाले पाए ११ कित्ता


  • 641
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, ६ जनाले पाए ११ कित्ता

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार आज बिहान एफपीओ बाँडफाँड भएको हो ।

    कम्पनीको एफपीओमा १३ लाख २० हजार २ सय ०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २ सय ८० कित्ताका शेयरका लागि आवेदन दिएका थिए भने १ हजार २ सय ७६ आवेदन रद्द भएका छन्।

    मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिक अनुसार गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। यीमध्ये जम्मा १२ हजार ३ सय ८१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । २० कित्तामाथि आवेदन दिएका ६ जनाले थप १÷१ कित्ताका दरले शेयर पाएका छन् । अर्का एक आवेदकले ०.४५ कित्ता सेयर पाएका छन् ।

    कम्पनीले असोज २५ देखि असोज ३० सम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ दरका १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गरेको हो । 


    images
    images

    Logo