काठमाडौं । बुधबार पनि नेप्से परिसुचक घटेर बन्द भएको छ । मंगलबार घटेर बन्द भएको नेप्सेले बुधबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८३ अंकले घटेर १ हजार ८ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ । बुधबार २ सय ९६ स्क्रिपको ८१ करोड २० लाख रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ५७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज ६८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ६२ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०१ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेर्र सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ७ करोड २ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । हाथवे इन्भेष्टमेन्टको १ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सयपत्री हाइड्रोपावरको ९.९३ प्रतिशतले बढेको छ । हिमालयन लघुवित्तको ८.५४ प्रतिशतले बढेको छ भने रावा इनर्जीको ७.५७ प्रतिशतले बढेको छ । कारोबारमा आएको सोनापुर मिनरल्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य करिब ८ प्रतिशत घटेको छ ।



