images
images

आईपीओको मूल्यभन्दा तल झर्यो सोनापुरको शेयर मूल्य


  • 562
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    आईपीओको मूल्यभन्दा तल झर्यो सोनापुरको शेयर मूल्य

    काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयरमूल्य आईपीओको मूल्य भन्दा तल झरेको छ। कारोबारमा आएदेखि दैनिक नकारात्मक सर्किट लागेर कारोबार भएको यस कम्पनीको शेयर, यस दिन आईपीओको मूल्य भन्दा तल झरेको हो।

    सोनापुर मिनरल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो। 

    तर, आज बजार खुलेलगत्तै कम्पनीको शेयरमूल्य घटेर २३० रुपैयाँसम्म झरेको हो। यो समाचार तयार पार्दासम्ममा कम्पनीको शेयर प्रतिकित्ता २३५ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ।

     


    images
    images

    Logo