काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२९ अंकले घटेर १ हजार ८ सय ६४ दशमलव ४० विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २ सय ८६ स्क्रिपको ५७ करोड ४८ लाख रुपैयाँ बराबरको २२ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६९ करोड ४२ लाख कित्ता शेयर किनबेच भएको थियो ।
मंगलबार ३८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।४६ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।
आज सबैभन्दा धेरै सूर्यज्योति लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार महुली लघुवित्तको ६.०५ प्रतिशतले बढेको छ । अन्य कम्पनीको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
सोनापुर मिनरल्सको शेयर निरन्तर तेस्रो कारोबार दिन नकारात्मक सर्किट लागेको छ । गत आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ३० पैसा २५५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस दिन करिब ६ प्रतिशत घटेको छ।



