images
images

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् ?


  • 1.9K
    SHARES
  • २०८० कार्तिक १४ गते मंगलबार

    चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् ?

    काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ विहीबार अथात् कात्तिक १६ गते बाँडफाँट हुने भएको छ । आईपीओ दिँउसो १ बजे बाँडफाँट हुने विक्री प्रबन्धकले जनाएको छ । 

    यता, चिरख्वा हाइड्रोपावरको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा १५ दशमलव ३६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ ।

    कम्पनीको आइपीओ अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६ सय ४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २ सय ४० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीको आईपीओ ८५ हजार ९ सय ३० जना आवेदकले शेयर पाउनेछन् । यसको आधारमा सो आईपीओमा ११ लाख बढी आवेदकको हात खाली हुने देखिएको छ। 

    कम्पनीले असोज २३ गते देखि २६ गते सम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आइपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

     विक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेड रहेको छ । 


    images
    images

    Logo