images
images

आईपीओ निष्काशनका लागि २ कम्पनीले दिए बोर्डमा निवेदन 


  • 549
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    आईपीओ निष्काशनका लागि २ कम्पनीले दिए बोर्डमा निवेदन 

    काठमाडौं । आईपीओ निष्काशनका लागि २ कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिनेमा सोलु हाइड्रोपावर र टक्सार पिखुवाखोला हाइड्रोपावर रहेका छन् । 

    सोलु हाइड्रोपावरले २ करोड कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले २ अर्ब रुपैयाँ  बराबरको आईपीओ जारी गर्नेछ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक  नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

    त्यस्तै, टक्सार पिखुवाखोला हाइड्रोपावरले ४२ लाख ३० हजार ६ सय ६८ कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक  प्रभु क्यापिटल लिमिटेड रहेको छ । 


    images
    images

    Logo