काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओ बाडँफाटँको मिति तोकिएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको एफपीओ बिहीबार अथत् कात्तिक १६ गते बाडँफाटँ हुने भएको छ । एफपीओ विहान ८.३० बजे बाँडफाँट हुने विक्री प्रबन्धकले जनाएको छ ।
यता, मिर्मिरे लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।
यसमा १४ लाख २१ हजार ७ सय ७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १२ हजार ३ सय ८१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ९ हजार ३ सय ९६ जनाको भने हात खाली हुनेछ । लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।
यसको विmत्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिङ रहेको छ ।



