काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०४ अंकले बढेर १ हजार ८ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८७ स्त्रिपको ६९ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ ।
सोमबार नेप्सेमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ७४ करोडको रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार १ सय २८ कम्पनीको शेयर मूल्य बढेको छ । ९७ कम्पनीको कम्पनीको शेयर मुल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन परिसूचक बढेका उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।
आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।नेपाल लाइफको ३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको २ करोड ९० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार पञ्चकन्या माई हाइड्रोपावरको ७.८२ प्रतिशतले बढेको छ । मन्दकीनी हाइड्रोपावरको ५.८९ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावर ५.२६ प्रतिशतले बढेको छ । कारोबारमा आएको सोनापुर मिनरल्सको शेयर यस दिन पनि नकारात्मक सर्किट लागेकाे छ । यस दिन कम्पनीको शेयरमूल्य ३१ रुपैयाँ ५० पैसा घटेर २८३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।



