images
images

२८ अंकले घट्यो नेप्से, परिसुचक १८७५.६५ विन्दुमा 


  • 324
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    २८ अंकले घट्यो नेप्से, परिसुचक १८७५.६५ विन्दुमा 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.१८ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ६५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८३ स्क्रिपको ७४ करोड २९ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार २७ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २ करोड ४७ लाखको कारोबार भएको छ । सिटिजन लाइफको २ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार अपर सोलु हाइड्रोपावरको ८.९९ प्रतिशतले बढेको छ । सीवाई नेपाल लघुवित्तको ६.६० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोपावरको ५.७१ र विपिडव्लु लघुवित्तको ५.६१ प्रतिशतले बढेको छ । 

    आज सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको शेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर छ । त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ।


    images
    images

    Logo