images
images

पहिलो कारोबारकै दिन सोनापुर सिमेन्टको शेयर मूल्यमा नकारात्मक सर्किट 


  • 310
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    पहिलो कारोबारकै दिन सोनापुर सिमेन्टको शेयर मूल्यमा नकारात्मक सर्किट 

    काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको शेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ । 

    प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको हो ।

    असोज २ गते सो कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको थियो । नेप्सेले पहिलो कारोबारको लागि १ सय ४२ रुपैयाँ १ पैसादेखि ४ सय २६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको थियो । 

    आइतबार नेप्सेको स्पेशल प्रिओपनिङ सेसनमा ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यो समाचार तयार पर्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर ३ सय १५ रुपैयाँमा झरेको छ । 

     


     

     

     


    images
    images

    Logo