images
images

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


  • 316
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । कुमारी बैंक लिमिटेडले जारी गरेको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिनेछ । बैंकले कार्तिक २ बाट बिक्री खुला गरेको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ मा आवेदन दिने आज अन्तिम दिन हो ।

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा कात्तिक १२ गते हुनेछ भने ढिलोमा कात्तिक १६ गते हुनेछ ।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


    images
    images

    Logo